बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

शनिबार, ३० असोज २०७८, १६ : ३०
शनिबार, ३० असोज २०७८

नदीमा नुहाउने क्रममा डुबेर सिन्धुली र रुपन्देहीमा एक–एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका-११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका-१ बस्ने २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको हो । नदीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि कटारीतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उता रुपन्देहीको देवदह नगरपालिका-२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका-४ बस्ने ११ वर्षीय सानु लोधको शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप