बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

शनिबार, ३० असोज २०७८, १५ : ०६
शनिबार, ३० असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा श्रेष्ठको निधनको खवरले आफू अत्यन्तै मर्माहित भएको बताएका हुन् । 
साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप