बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली किनारमा युवक मृत फेला

शनिबार, ३० असोज २०७८, १३ : ५०
शनिबार, ३० असोज २०७८

महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो । 

आज बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।  बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप