ad
अन्तरवार्ता

‘बा र काका उमेरका नेतालाई सम्मानजनक बहिर्गमन गर्नुपर्छ’

अबको १०–१५ वर्षमा युवा पुस्ताले देश बनाउनुपर्छ : लिमा अधिकारी

person explore access_timeअसोज ३०, २०७८ chat_bubble_outline0

दसैँअघि मिडियामा एउटा समाचार छ्याप छ्याप्ती भयो– एमाले नेता स्व. भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले एमाले छोडिन् । उनी माधव नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरिन् । लिमा अब राजनीतिमा सक्रिय बन्ने । आदि– इत्यादि ।


लिमा अधिकारीसँग केही ‘कम्बिनेसन’ छन् । एक– एमाले नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी भतिजी एवं भरतमोहन अधिकारीकी छोरी हुनुको नाताले लिमा कम्युनिस्ट परिवार र संस्कारमा हुर्किएकी हुन् । दोस्रो– उनी चीनमा म्यानेजमेन्ट पढेर स्वदेश फर्किएकी हुनाले उनले विदेशमा ज्ञान सीप आर्जन गरेको युवापुस्ताको समेत प्रतिनिधित्व गर्छिन् । तेस्रो– उनी व्यावसायिक परिवारकी सदस्य हुन् । र, उनी चेम्बर अफ कमर्समा समेत आबद्ध रहेकी हुनाले उनले उद्योगी व्यवसायीको समेत प्रतिनिधित्व गर्छिन् । र, चौथो– उनमा युवा पुस्ताले देश बनाउनुपर्छ भन्ने अठोट छ, समग्र युवा पुस्तामा जस्तै ।



एमाले परित्याग गरेको भन्नुपर्दा आफूलाई अत्यन्त पीडा हुने गरेको बताउने लिमा पछिल्लो समय एमालेमा धनवाद र डनवाद देखिन थालेकाले माधव नेपाललाई रोजेको बताउँछिन् । माधव नेपालको पार्टी भन्दा अहिलेसम्म एमाले नै ठुलो भएता पनि अब नेपालमा वैकल्पिक शक्तिको आवश्यकता रहेको र युवा पुस्ताले अगाडि सरेर १०–१५ वर्ष भित्रमा देशलाई समृद्ध बनाउनुपर्ने उनको अठोट छ ।



वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऔँ जस्ता लोकप्रिय कार्यक्रमहरू ल्याएका एमाले नेता मनमोहन–भरतमोहनको सान्निध्यमा हुर्केकी लिमाले देशको पछिल्लो अवस्थालाई कसरी हेरिरहेकी होलिन् ? उनको यही विचार बुझ्नका लागि रातोपाटीले गरेको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।       



भरतमोहनकी छोरी अब राजनीतिमा सक्रिय हुने भन्ने समाचार अघिल्लो साता मिडियामा छाएको थियो । तपाईं अहिले भर्खरै राजनीतिमा लाग्न आँट्नुभएको हो ?



यो गलत समाचार हो । म विगत १८ वर्षदेखि नै तत्कालीन एमालेको सङ्गठित सदस्य भएर एमालेको अनेमसंघ अन्तर्गत रहेर उद्योग विभागमा काम गर्दै आइरहेकी छु । मेरो प्रोफेसनमा म आफू व्यवसायी भएँ । तर, मैले पार्टीमा फूलटाइम नभए पनि पार्ट टाइम योगदान गर्दै आएकी थिएँ ।



मैले एमालेमात्रै होइन, सानो हुँदा कम्युनिस्ट नेताहरू निर्मल लामा, मोहनविक्रम सिंह, मोहन वैद्यहरूको आचरण, व्यवहार देखेकी थिएँ, जसले धेरै मान्छेहरूलाई प्रभाव पार्दथ्यो । तर, अहिले हेर्दा ती सबै कुरा स्वार्थको राजनीतिमा जोडियो । कम्युनिस्ट, विचार, सिद्धान्त, आचरण, नैतिकता त्यागेर जीवनशैलीहरू स्वार्थसँग जोडिएर नेतृत्व चल्न थालेपछि म असन्तुष्ट भएँ ।

तपाईंको प्रोफेसन चाहिँ ?

म नेपाल चेम्बर्स अफ कमर्सको कार्य समिति सदस्य पनि हुँ र नेपाल महिला चेम्बर्स अफ कमर्सकी महासचिव हो । नेपाल–चाइना चेम्बर्सको पनि सचिवका रूपमा काम गरिरहेकी छु ।

म चीनमा पढेर फर्केर आएको अनि व्यवसायमा लागेको पनि १८ वर्ष नै भयो । मास्टर्स सकेपछि म कलेजमा पढाउँथे । चीनबाट फर्केर आएको दुई–तीन महिनामा विवाह भयो । विवाह हुनेवित्तिकै व्यवसाय सुरु गरेँ ।

मैले चाइनामा मार्केटिङ म्यानेजमेन्ट पढेको हो । त्यसकारण चाइनिज प्रविधि नेपालमा भित्र्याएर महिलाहरूको वेट म्यानेजमेन्टसम्बन्धी एउटा क्लिनिक काठमाडौँको कमलादीमा सुरु गरेँ । त्यसपछि कुमारीपाटी, नयाँ बानेश्वर, नक्साल र अहिले पोखरामा पनि यो सञ्चालनमा छ ।

तपाईं नेकपा एमालेका स्वर्गीय नेता भरतमोहन अधिकारीकी छोरी अनि पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीकी भतिजी हुनुहुन्छ । यहाँको अहिलेको पारिवारिक पृष्ठभूमि पनि आम मानिसलाई बताइदिन मिल्छ कि ?

मेरो श्रीमानको नाम सुदिप आचार्य हो । उहाँ पनि उद्योगी व्यवसायी नै हो । मेरा दुई छोरी छन् । ठुली छोरी १६ र सानी १३ वर्षका छन् ।

तपाईं राजनीति र व्यवसाय दुबैमा संलग्न हुनुभएको १८ वर्ष भएछ । राजनीतिमा भर्खरै प्रवेश गर्न लाग्नुभएको पनि होइन रहेछ । तर, अहिले नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको समाचार चाहिँ सत्य नै हो ?

एमाले परित्याग गर्ने भन्ने शब्द सुन्दा मलाई भावुक बनाउँछ अहिले पनि । किनभने त्यो पार्टीमा मेरा बुबा, ठुलोबुबा र मेरो परिवारकै धेरै इमोसन जोडिएको छ । समर्पण छ । त्यही भएर एकैपटक यो गर्‍यो, त्यो गर्‍यो, एमाले परित्याग गर्‍यो, एमाले छोडेर आयो भन्दा पनि मलाई एमालेमा कुनै पनि ठाउँ वा स्थान दिइएन भन्नुपर्‍यो ।

कमिटीमा राख्नुभएको थियो, तर मिटिङ बोलाउने पनि चलन भएन । उहाँहरूलाई पनि थाहा छ मे के गरिरहेकी छु, कति सक्रिय छु । मैले धेरैपटक एमालेको नेतृत्व तहसँग भेटेको र ठाउँ दिनु, म योगदान गर्छु भनेर इच्छा जाहेर गरेको पनि हो । लिन होइन, दिनमात्रै आएको छु भनेर पटक–पटक भनेको पनि हो । तर उहाँहरूले मेरा लागि फिलिङ हुने केही पनि गर्नुभएन । कमिटीमा राखियो, तर जिम्मेवारी नै दिइएन ।

तपाईं माधव नेपालको पार्टीमा लागिसक्नुभएको चाहिँ हो कि होइन ? हो भने केपी ओलीको पार्टी भन्दा माधव नेपालको पार्टी किन रोज्नुभयो ?

आबद्ध भइसकेकी छु । तर, अरूभन्दा अलि फरक लाग्छ । किनभने, अघि पनि भनेँ, मेरो पारिवारिक पृष्ठभूमिले पनि होला । मेरो बुबासहित परिवारको नै ५०–६० वर्ष एमाले बनाउन र कम्युनिस्ट आन्दोलनका लागि योगदान र समर्पण छ । अहिले आएर गालीगलौज गर्नुभन्दा पनि कम्युनिस्ट विचारधारा बोकेको पार्टी र कम्युनिस्ट नेता कार्यकर्तामा हुनुपर्ने साधारण सिद्धान्त, नैतिकता, आदर्श, दूरदर्शिता र जीवनशैली हुनुपर्ने हो ।

मैले एमालेमात्रै होइन, सानो हुँदा कम्युनिस्ट नेताहरू निर्मल लामा, मोहनविक्रम सिंह, मोहन वैद्यहरूको आचरण, व्यवहार देखेकी थिएँ, जसले धेरै मान्छेहरूलाई प्रभाव पार्दथ्यो । तर, अहिले हेर्दा ती सबै कुरा स्वार्थको राजनीतिमा जोडियो । कम्युनिस्ट, विचार, सिद्धान्त, आचरण, नैतिकता त्यागेर जीवनशैलीहरू स्वार्थसँग जोडिएर नेतृत्व चल्न थालेपछि म असन्तुष्ट भएँ ।

डनवाद र धनवादलाई बोकेर एमाले नेतृत्व अघि सर्‍यो । त्यसकारण वैकल्पिक शक्ति रोजेको हो । अहिलेको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा निष्ठावान् र आदर्श हुनुहुन्छ माधव नेपाल । प्रधानमन्त्री भैसकेको मान्छेको घर हेर्नुस् उहाँको कति सामान्य छ । त्यस्तो नेताको एउटा कार्यकर्ता भएर हिँड्न पनि मलाई गर्व लागेको छ ।

आफ्नो ठूलोबुवा, अर्थात् पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई कसरी सम्झनुहुन्छ ?

उहाँ बित्नुभएको करिब २१–२२ वर्ष भयो । त्यसबेला म त्यस्तै २५ वर्षकी थिएँ होला । उहाँलाई मैले सम्झिनुपर्दा परिवारको सदस्यभन्दा पनि एउटा नेता । घरमै बस्दा पनि, जहिले पनि मान्छेहरू आइरहने, भेटिरहने हुन्थ्यो । कोही मान्छे आउँदा पनि उहाँ आफैँ चिया बनाउने, खुवाउने । सिम्पल कुर्था पाइजामा लगाएर बस्ने । त्यो सम्झँदा र अहिले आएका कम्युनिस्ट पार्टीका नेताको जीवनशैली हेर्दा आकाश–पातालको फरक पाइन्छ ।

त्यसबेलाका नेताका शब्द श्रमजीवी र उत्पीडित वर्गका हुन्थे । अहिले प्रशिक्षण नै गर्दा पनि नेताहरूले पार्टीलाई कसरी अघि बढाउने भन्दा पनि अर्को पक्षलाई गालीगलौज गरेको र आफू पीडित भएको भन्ने मात्रै सुनिन्छ । जसरी युवा पुस्तालाई पार्टीले आकर्षित गर्नुपर्ने हो त्यो हुन सकेको छैन ।

हाम्रो मार्गदर्शन के हो ? हामीले देशलाई कसरी अघि बढाउन चाहान्छौँ ? राजनीतिक, आर्थिक सामाजिक, सांस्कृतिक रूपान्तरण हामीले कसरी गर्छौं ? आर्थिक समृद्धिका जे कुरा गरिरहेका छौँ, त्यसमा दुई–चार शब्द बोलेर, भाषण गरेर र नाराबाजी गरेर हामी  त्यहाँ पुगिन्छ भन्ने मलाई लाग्दैन । अहिलेको म लागेको पार्टीले पनि धेरै नै शुद्धीकरण गर्नुपर्छ जस्तो लाग्छ ।

तीन वर्ष त एक तिहाइको सरकार केपी ओलीको थियो त । समाजलाई मन–मस्तिष्कमा कम्युनिस्ट भनेको के हो त भनेर सम्झने, बुढाबुढीले सम्झने के गर्नुभयो त ? केटाकेटीले सम्झने, युवाले सम्झने, दलितले सम्झने, पीडितले सम्झने के गर्नुभयो त त्यस्तो ? कम्युनिष्टले त यो काम गर्नुपर्ने हो त । कम्युनिस्ट पार्टीको नाम, झन्डा र सूर्य चिन्हमात्रै बोकेर त भएन त । यस्तो किसिमले भएन ।

आफ्ना पिता भरतमोहन अधिकारीलाई चाहिँ कसरी सम्झनुहुन्छ ?

बुबाको इच्छा ज्येष्ठ नागरिकका लागि केही गर्ने थियो, मेरो पनि त्यही छ । प्रदेशमा हकमा, अहिले मोरङमा प्रदेश १ मा विभिन्न सामुदायिक भवनहरू खाली रहेछ । अस्ति विराटनगरमा गएर कुरा पनि गरे । त्यस्ता सामुदायिक भवनलाई प्रदेश सरकारसँग सहकार्य गरेर उहाँहरूले दिनुहुन्छ भने डे केयर सेन्टर १० बजेदेखि २ बजेसम्मको : समय बिताउने, भजन कीर्तन गर्ने, त्यहाँ समय बिताउने, त्यस्तो किसिमको निःशुल्क सेवा प्रदेश १ बाट सुरु गर्ने मेरो योजना छ । मोरङमै मेरो मेन फोकस छ । किनकि, म मोरङकै छोरी, बुबाको क्षेत्र पनि मोरङ नै हो । मेरो मन मोरङमै छ ।

बुबालाई सबैले वृद्धभत्ताका लागि सम्झन्छन् । तर, म महिला भएकाले र सशक्तीकरणमा काम गर्ने भएकाले पनि यो विषय उठाउन मन लाग्यो । बुबाले ०५१ सालमा आफ्नो गाउँ आफैँ बनाऊ भन्ने कार्यक्रम ल्याउनुभयो ।  वृद्धभत्ता एकदमै पपुलर भयो । उहाँलाई धेरैले वृद्धभत्ता ल्याउने नेता भने । काँग्रेसले पनि त्यही भने । तर, उहाँले महिला सशक्तीकरणमा त्योभन्दा ठुलो योगदान गर्नुभएको छ । जस्तो– ०६१/६२ सालमा महिलालाई जग्गा दर्तामा छुट दिने, एकल महिला भत्ता र सुत्केरी भत्तालगायतको व्यवस्था गर्नुभयो ।

सुत्केरी गराउन अस्पताल, हेल्थपोस्ट गएबापत निःशुल्क गरिदिने र आउन–जान ६ सय भत्ता दिने व्यवस्था गर्नुभयो । सबैभन्दा महत्त्वपूर्ण : महिलालाई आर्थिक जग्गा दर्तामा छुट दिने निर्णय थियो । यहीकारण, अहिले कति धेरै महिला जग्गाको स्वामित्व लिएर बसेका छन् ? यो कुरा कसैले उठाउँदैनन् । उहाँले महिलाका लागि धेरै कुरा गर्नुभएको छ । एकल महिलालाई सशक्त गराउन, आर्थिकरुपमा उनीहरूलाई कसरी अघि बढाउने भन्ने कुरा बुबापछि अरूले के कार्यक्रम ल्याए ।

अर्को कुरा, ज्येष्ठ नागरिकका सम्बन्धमा भत्तापछि २७ वर्षमा उनीहरूलाई सशक्त बनाउन अर्को कार्यक्रम के आयो ? त्यसपछि एमालेले के ल्यायो ? एमालेको नौ महिने सरकार त्यो ल्यायो, त्यसपछि त्यही भत्तामात्रै बढाइयो । त्यसपछि अरू के आयो ? २७ वर्षमा भत्तामात्रै बढाउने त ? भत्ता बढाउनेबाहेक वृद्धवद्धाका लागि अरू के कार्यक्रम आयो त ? छलाङ मार्न अर्कोपटक पार्टीले के ग¥यो त ? उही वृद्धभत्ता बढाउने, एकल महिला भत्ता बढाउने ? यसैलाई मान्ने त होइन त ।

तीन वर्ष त एक तिहाइको सरकार केपी ओलीको थियो त । समाजलाई मन–मस्तिष्कमा कम्युनिस्ट भनेको के हो त भनेर सम्झने, बुढाबुढीले सम्झने के गर्नुभयो त ? केटाकेटीले सम्झने, युवाले सम्झने, दलितले सम्झने, पीडितले सम्झने के गर्नुभयो त त्यस्तो ? कम्युनिष्टले त यो काम गर्नुपर्ने हो त । कम्युनिस्ट पार्टीको नाम, झन्डा र सूर्य चिन्हमात्रै बोकेर त भएन त । यस्तो किसिमले भएन ।

बुबाको देहान्तपछि मैले भारतमोहन स्मृति फाउन्डेशन दर्ता गरेकी छु । मेरो एउटा कुरा, राजनीति केका लागि भन्ने छ ? राजनीति समाजको रूपान्तरण गर्नका लागि गर्ने कि राजनीतिका लागि गर्ने ? बुबाको फाउन्डेसन मैले बनाएँ । गठन गरेपछि धेरै सामाजिक काम गरियो । ज्येष्ठ नागरिकको फिल्डमा पनि धेरै काम गरिएको छ ।

बुबाले ०५१ सालमा ज्येष्ठ नागरिकको भत्ता  १ सय रुपैयाँ तोक्नुभएको थियो । आज २७ वर्ष भयो । भत्ता बढेर ४ हजार पुगेछ । एमालेको सरकार आयो , भोट माग्नुपर्छ भनेर भत्ता बढाइएको छ । घोषणापत्रमै भत्ता बढाउने कुरा उल्लेख छ । भत्ता बढाएर मात्रै होला त ? विदेशको जस्तो डिजिटल टेक्नोलोजीमा उनीहरूलाई कसरी लैजाने । कसरी सबल बनाउने भनेर सोच्नुपर्छ ।

टेक्नोलोजी चलाउन जान्नुभयो भने तपाईंले एक्लो महसुस गर्नुपर्दैन, यो कुरा विश्वास गर्नुस् । मैले मेरो मुमालाई देखेर बुझेको छु । बुबा बित्नुभएपछि उहाँ अहिले एक्लै हुनुहुन्छ । मोबाइल चलाएपछि उहाँको समय बित्छ । कहिले समाचार पढ्ने । कहिले दिदीलाई फोन गर्ने, कहिले के गर्ने गर्नुहुन्छ । कतिपय कुराहरू ग्याजेटबाट सिकिन्छ । ग्याजेट चलाउन सिकाउने । साधारण लेखपढ गर्न सिकाउने, जेब्रा क्रसिंग गर्न सिकाउने । साधारण केही परे एक्लै हस्पिटल जान सिकाउने । आत्मनिर्भर गराउन सिकाउने काम गर्नुपर्छ ।

यसका लागि हामीले भरत मोहन स्मृति फाउन्डेसनबाट ज्येष्ठ नागरिक आधारभूत कार्यक्रम सुरु गरिसक्यौँ । यो सातै प्रदेशमा गर्दैछौं । यसमा कोरोनाले अलिकति प्रभाव पारेको छ । तिहारपछि यसमा नि:शुल्क कार्यक्रम सञ्चालन हुनेछ । यसमा राज्यबाट कुनै बजेट आएको छैन । जबकि, युवराज खतिवडा अर्थमन्त्री हुनुहुन्थ्यो, विष्णु पौडेल हुनुहुन्थ्यो । अर्थ मन्त्रालयमा धेरैपटक गइयो । युवराज खतिवडाले आफूलाई बाबाकै शिष्य नै भन्नुहुन्छ आफूलाई, एकताका बुबालाई गडफादर भन्नुहुन्थ्यो । तर, हाम्रो बुबाको फाउन्डेसनलाई कसैले सहयोग गर्नुभएन । मैले व्यक्तिगतरुपमा वा साथी–संगतबाट फन्ड जुटाएर काम गरिरहेको छु ।

क्राइसिसका बेलामा विश्वमा योङ डाइनामिक लिडरहरूले कति राम्रोसँग कोरोना कहरलाई ह्याण्डिल गर्न सक्नुभयो भन्ने प्रत्यक्ष उदाहरण भर्खरैको कुरा छ । उहाँहरूको उमेर कोही, ४१, कोही ३५ वर्ष र कोही ३० मै हुनुहुन्छ र पनि गरिरहनुभएको छ । हुन त सानो मान्छेले धेरै बोलेजस्तो होला, तर बा र काका उमेरका नेताहरूलाई बिस्तारै सम्मानजनक बहिर्गमन गर्नपर्छ ।

तपाईंजस्तै विदेशमा पढेको युवापुस्ता अहिलेको राजनीति देखेर वाक्क छ । उनीहरूमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको देखिन्छ । तपाईं विदेशमा पढेर स्वदेशमै व्यवसायसमेत गरिरहनुभएको व्यक्तिका नाताले यो पुस्तालाई के भन्न चाहनुहुन्छ ?

हामी राजनीतिक दलहरूले आकर्षण गर्न नसकेको हो त्यो । दलकै कमजोरी हो जस्तो लाग्छ । कमसेकम बहुदल आएपछि पनि यत्रो जनयुद्ध र अरू संघर्षहरु भए, यी सबै पार गरेर संविधानसभाबाट संविधान नै पाइसक्दा र यत्रो मानिसको त्याग, तपस्या र बलिदानबाट आएको उपलब्धि केही नेताका कारण राम्रोसँग चलाउन सक्नुभएन । युवा पुस्तालाई पनि सही मार्गदर्शन गर्न सक्नुभएन भन्ने मलाई लाग्छ ।

किनभने, विश्व राजनीतिमा योङ जेनेरेसन छ । म केही उदाहरण भन्न चाहन्छु । यो कोरोना महामारीकै कुरा गर्दा पनि यस्तो होला भनेर हामीले सोचेका थिएनौँ । तर, युरोपका कतिवटा देशमा योङ डाइनामिक प्रधानमन्त्रीहरू छन् । डेनमार्क, फ्रान्स, फिनल्याण्ड । जर्मनीमा अलि बुढी भए पनि उहाँले पनि राम्रो गर्नुभयो । यहाँ त महिलालाई अझै पनि दिनै हुँदैन, गर्नै सक्दैनन् भन्ने सोच छ । यसलाई परिवर्तन गर्नुपर्छ ।

क्राइसिसका बेलामा विश्वमा योङ डाइनामिक लिडरहरूले कति राम्रोसँग कोरोना कहरलाई ह्याण्डिल गर्न सक्नुभयो भन्ने प्रत्यक्ष उदाहरण भर्खरैको कुरा छ । उहाँहरूको उमेर कोही, ४१, कोही ३५ वर्ष र कोही ३० मै हुनुहुन्छ र पनि गरिरहनुभएको छ । हुन त सानो मान्छेले धेरै बोलेजस्तो होला, तर बा र काका उमेरका नेताहरूलाई बिस्तारै सम्मानजनक बहिर्गमन गर्नपर्छ ।

यो कुरा त माधव नेपालको हकमा पनि लागू हुन्छ होला नि ?

सबैको हकमा लागु हुनुपर्छ । माधव नेपालको हकमा लागु नहुने अनि केपी ओलीको हकमा मात्रै लागु हुने वा प्रचण्डको हकमा लागु हुँदैन भन्ने हुँदैन । यो युवाहरूको आवाज हो । र, साँच्चै युवाहरूले अब आँट गर्नुपर्छ भन्ने मलाई लाग्छ । अहिले आँट गरेजस्तो कुनै पनि दलमा देखिएको छैन ।

तपाईंले माधव नेपाललाई साथ दिन्छु भन्ने समाचार आएपछि ओलीजीतर्फबाट कसैले सम्पर्क गरेको छ ?

केहीले गर्नुभएको छ । अस्ति समाचार आउनुभन्दा अघि बोलाउन धेरैपटक खोज्नुभएको थियो । नेतृत्व तहकै नेताहरूले आउनु भन्नुभएको छ । तर मेरो बुझाइमा पार्टीको नवौँ महाधिवेशनबाट निर्देशित भएर काम गर्नुपर्ने थियो भन्ने लाग्छ । कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटी, पोलिटब्युरो, सचिवालय हुन्थ्यो । त्यस्ता किसिमका बैठक बस्नुपर्ने, बैठकले गर्ने निर्देशनलाई मान्नुपर्ने जस्तो लाग्छ । त्यो नभई एक–दुई जनाको निर्णयले चलेको हुनाले स्वेच्छाचारी नै भन्नुपर्ला । अलि चित्त नबुझेको हो । त्यसो भन्दैमा गाली गलौच गर्ने पक्षमा म  छैन । किनभने, केपी ओलीलाई पनि मैले सानैदेखि भेटेको हुँ, मेरो अंकलजस्तै हो । छोरी नै भन्नुहुन्छ । तर, यत्रो पार्टी , धेरै मान्छेको त्याग तपस्याबाट बनेको पार्टी । जहाँ, मेरो ठूलो बुबा, बुबाले पनि कहिल्यै त्यो सुविधा पाउनुभएन । तर, फलेकोे हाँगा त झुक्छ भन्छन्, उहाँले सबैलाई समेट्नुपर्ने थियो ।  यत्रो ठूलो दुईतिहाईको प्रधानमन्त्री । सबैलाई समेट्दा के बिग्रन्थ्यो ? हामी सबै उहाँका लागि हिँड्थ्यौँ । के बिग्रने थियो ? हामी सबैले जयजयकार गर्ने थियौँ । उहाँलाई फाइदै हुने थियो । उहाँ अझै महान् हुनुहुने थियो ।

मोनोरेलको साँच्चिकै अध्ययन भएको छ ? काठमाडौँको जनसङ्ख्या कति छ ? हामीले कति किलोमिटरको मोनोरेल बनाउँदैछौँ ? त्यसको खर्च कति हो ? हाम्रो आम्दानीले धान्न सक्छ कि सक्दैन ? हाम्रो आवश्यकता के हो ? मनोरेल हो कि, सब वे हो कि ? अरू केही विकल्प हो कि ? एउटा नेताले भनेपछि अर्कोले पनि त्यही कपी गर्ने ।

मेरो बुबा पनि कुनै गुटसँग नजिक हुनुभएन । पछिल्लो कालमा उहाँलाई अलि चित्त नबुझेको अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री नियुक्त नगरेर डोरमणि पौडेललाई नियुक्त गरेकामा थियो । उहाँको अलिकति चित्त नबुझेको यही कुरामा थियो होला । व्यक्तिगत रूपमा उहाँमा केही पनि स्वार्थमा लाग्नुपर्छ, गुटमा लाग्नुपर्छ भन्ने कहिले पनि थिएन । र, मलाई पनि त्यस्तो छैन । मलाई पनि सहीलाई सही, गलतलाई गलत नै भन्नुपर्छ भन्ने लाग्छ ।

तपाईं नेपालमा केही विकास र प्रगति होला अनि देश अगाडि बढ्ला भन्नेमा कति आशावादी हुनुहुन्छ ? हाम्रा नेताहरूको ताल यस्तो छ....

म जहिले पनि पोजेटिभ सोच्छु । नेपालको सन्दर्भमा ३०–३५ वर्ष उमेर समूहका युवा पुस्ता जनसङ्ख्याको ५० प्रतिशत छन् । विश्व राजनीति हेर्दा पनि धेरै देशहरू, जसमा युवा पुस्ताको जनसङ्ख्या धेरै छ, ती देशले फड्को मारेका छन् । अमेरिका, जापानले पनि त्यो उमेर समूह भएका बेला फड्को मारेको देखिन्छ । हामीलाई त्यो छुट छैन । आइसक्यो समय । अबको १०–१५ वर्षमा केही गरेनौँ भने अहिलेका ३०–३५ वर्षका मान्छे ५० वर्ष क्रस गर्छन्, ती यत्तिकै बुढा हुने भए । त्यसकारण अबको १०–१५ वर्षभित्र केही गर्नैपर्छ ।

हाम्रा जुन नेताले पनि आर्थिक समृद्धिको कुरा गर्नुहुन्छ तर कसरी भन्ने मार्गदर्शन गर्नुहुन्न । उहाँहरूले भाषणमात्रै गर्नुहुन्छ । मलाई त्यस्तो फिल हुन्छ । कसरी गर्ने त ? कसरी समृद्धि ल्याउने त ? विज्ञ र विशेषज्ञहरूले भन्नुपर्‍यो । मलाई त कस्तो नरमाइलो पनि लाग्छ, यत्रो ठूलो दल बनाएको एमाले, यत्रो ठूलो दलका नेताहरू हुनुहुन्छ, उहाँहरू कुनै एकजनालाई म नराम्रो भन्दिनँ । एमाले, माओवादी वा काँग्रेसमा पनि ५० औं वर्ष काम गरेका नेताहरू हुनुहुन्छ । बाबुराम भट्टराई त्यत्रो विद्वान हुनुहुन्छ । उहाँहरूले के गर्नुपर्छ जस्तो लाग्छ भने अस्तिको स्थानीय निर्वाचनमा काठमाडौँमा कुनै पनि मेयरको उम्मेदवारले एउटा चिज छुटाएका थिएनन् भाषणमा, त्यो हो काठमाडौँमा मनोरेल ल्याउँछु ।

तर, मोनोरेलको साँच्चिकै अध्ययन भएको छ ? काठमाडौँको जनसङ्ख्या कति छ ? हामीले कति किलोमिटरको मोनोरेल बनाउँदैछौ ? त्यसको खर्च कति हो ? हाम्रो आम्दानीले धान्न सक्छ कि सक्दैन ? हाम्रो आवश्यकता के हो ? मनोरेल हो कि, सब वे हो कि ? अरू केही विकल्प हो कि ? एउटा नेताले भनेपछि अर्कोले पनि त्यही कपी गर्ने । डेटाको आधारमा अघि बढ्ने भन्ने नै छैन । बरु होडबाजी चल्छ । कसैले पानीजहाज भनेको छ, प्रधानमन्त्री जस्तो मान्छेले ।

दुःखसाथ भन्नुपर्छ, उहाँहरूको राजनीतिक अनुभव धेरै ठूलो भयो । भाषण अति राम्रो गर्नुहुन्छ । प्रचण्डको भाषण सुन्दा म नतमस्तक नै हुन्छु । भाषणमा उहाँ मनपर्ने नेता पनि हो एउटा । तर, उहाँहरूले विज्ञ, विशेषज्ञहरूलाई सहभागी गराउनुप–यो । आर्थिक समृद्धि गर्ने भनेको त नेताहरूले मात्रै गर्ने त होइन नि । हरेक क्षेत्रका विज्ञ, विशेषज्ञ चाहिन्छ । अन्य देशमा पनि कतिपय राजनीतिज्ञहरू व्यापार, व्यवसाय गरेर छिरेका मानिस पनि छन् । अमेरिकाकै धेरैजसो राष्ट्रपतिहरू कानुनका विद्यार्थी वा कानुनका एडभोकेट छन् । अथवा विश्व विद्यालयका प्राध्यापकहरू छन् । त्यस्ता विज्ञ र दिग्गजहरूको दिमाग प्रयोग गरेर हामीले काम गर्नुपर्छ जस्तो लाग्छ । किनभने, हामी धेरै पछि छौँ अझै ।

तपाईंको विचारमा अब राजनीतिज्ञले ध्यान दिनुपर्ने विषयचाहिँ आर्थिक समृद्धि नै हो कि ? तपाईंचाहिँ कसरी अगाडि बढ्न चाहनुहुन्छ ?

मेरो चाहना आर्थिक समृद्धिमै हो । अबको बाटो भनेको समृद्धि नै हो त्यो हामीले रोज्नुपर्छ । भाषणको समृद्धि मात्रै होइन, कामै गरेर समृद्धि खोज्नुपर्छ । उदाहरणका लागि भन्छु म नेपाल चेम्बर्स अफ कमर्समा छु । विभिन्न व्यवसायमा काम गरेका राम्रा १३ जना महिलाहरूलाई समावेश गरेर नेपाल महिला चेम्बर भनेर एउटा एक्जुकेटिभ टिम बनाएको छ । डा. अञ्जान शाक्य पनि हुनुहुन्थ्यो उहाँ अहिले राजदूत बनेर जानुभयो । साना तथा घरेलु उद्यममा लागेका महिला दिदीबहिनीहरुलाई समेटेर एउटा पाइलट प्रोजेक्टका रूपमा प्रदेशलाई नै समेट्ने गरी केही गरौँ भन्ने मेरो सपना छ । त्यसका लागि मैले गृहकार्य पनि गरिरहेको छु चेम्बरमार्फत ।

अहिले म अनेम संघमा लागेकी छु । मेरो मुख्य काम नीति निर्माणमा हस्तक्षेप नै हो । मुख्य कुरा, त्यसैमा काम गर्ने हुन्छ । सबै उद्यमीलाई अघि बढाउने हुन्छ । एउटा कुनै क्षेत्रमा हामी आत्मनिर्भर भए हुन्छ । फलफूलकै क्षेत्रमा हामी महिला उद्यमीले गरौँ न । हाम्रो यति राम्रो भूभाग छ । चार घण्टामा दुबई पुग्न सकिन्छ, दुबईमै निर्यात गर्न सकिन्छ ।

अवसर आयो भने म क्षमताले भ्याएको योगदान गर्छु । जस्तो चेम्बरतिर काम गरेपछि अञ्जान शाक्यले पनि धेरै राम्रो काम गर्नुभएको छ । काम गर्नेका हकमा सरकारले उहाँलाई राजदूतबाट चेन्ज गर्‍यो । अर्को पार्टीको भए पनि राम्रो काम गरेकोलाई किन फिर्ता गर्ने ?

दूर दराजका दिदी बहिनीहरूलाई समेटेर सानो सानो फण्ड कलेक्सन गरेर सहकार्य गर्न सकिन्छ । कसैको एक लाख होला, कसैको दुई लाख होला, त्यो सङ्कलन गरेर एउटा पाइलट प्रोजेक्ट गर्ने । जस्तै – महिला दिदीबहिनी हुनुहुन्छ । यहाँ माहुरीपालन गर्नुहुन्छ । मह उत्पादन गर्नुहुन्छ । उहाँहरूले डिमान्ड अनुसारको सप्लाई गर्न सकिएको छैन भन्नुहुन्छ । मेरो कुरा डिमान्डअनुसारको हामी सप्लाई गरौँन भन्ने हो । हामी ठुलो प्रोजेक्ट गरौँ । हाम्रो डिमान्ड कुन प्रोडक्ट वा कुन प्रोजेक्टको हो त । हामी आयातमात्रै गर्नेभन्दा पनि निर्यात गरौँ न त भन्ने हो ।

अर्को, हामी कृषिप्रधान देश हौँ । कृषिको क्षेत्रमा सरकारबाट पनि धेरै राहतका प्याकेज पनि आएको छ । महिला दिदीबहिनीहरू पनि कृषिमा केही व्यवसाय गर्छु भन्नका लागि आउनुभएको छ । जस्तो– महिलाका लागि र केही गर्छु भन्नेका लागि पनि समय आएको छ । पहिले चामल, धान भारतमा पनि जान्थ्यो, अहिले सबै चामल धान भारतबाट आउँछ । फलफूलकै क्षेत्रमा कुरा गर्नुपर्दा चीन, भारत सबैतिरबाट आउँछ ।

 हुँदा–हुँदा मेक्सिकोबाट एभाकाडो आउँदो रहेछ, जुन ५–६ सय रुपैयाँ पर्छ । जबकि, काठमाडौँको क्षेत्र एभाकाडोका लागि निकै उत्कृष्ट छ । तर, एकजना देखाउनुस्, जसले यहाँ एभाकाडो खेती गरेको छ । हाम्रो लोकेन्द्र विष्ट एकजना पूर्वमन्त्री हुनुहुन्छ, उहाँसँग अलिकति मैले पनि सिक्न खोजिरहेकी छु । उहाँले ड्रागन फुड खेती गरिरहनुभएको छ । हामीले पनि तराईमा जग्गा खोजिरहेका छौँ । त्यसमा अलिकति केही गर्ने भन्ने छ । हामीले योजना ल्यायौँ भने कम्तीमा फलफूलको क्षेत्रमा मात्रै आत्मनिर्भर हुन सकिन्छ । गरौँ न, अब त ढिला भयो नि ।

यसपालि माधव नेपालसहितको सरकार छ । सरकारले तपाईंलाई राजदूत बनाइदेला वा अन्त पठाइदेला । यस्तो नियुक्तिमा इच्छा छ कि छैन ? वा भोलि सांसद, मन्त्री बन्ने... । जसरी रामकुमारी झाँक्रीजी बन्नुभयो । राज्यको नीति निर्माण तहमै पुगेर काम गर्ने इच्छा छ वा राजनीतिमा सहयोगी भूमिका मात्रै खेल्ने ?

अवसर आयो भने म क्षमताले भ्याएको योगदान गर्छु । जस्तो चेम्बरतिर काम गरेपछि अञ्जान शाक्यले पनि धेरै राम्रो काम गर्नुभएको छ । काम गर्नेका हकमा सरकारले उहाँलाई राजदूतबाट चेन्ज गर्‍यो । अर्को पार्टीको भए पनि राम्रो काम गरेकोलाई किन फिर्ता गर्ने ? बरु, हाम्रो अनुसार काम गर, हाम्रो मापदण्डमा बस, तर राम्रो काम गर भन्ने नि । डा. अञ्जान शाक्यजस्तो राजदूतले कति राम्रो काम गरेको अवस्था थियो । उहाँलाई बोलाउनुपर्ने के जरुरत थियो ? पूर्ण कार्यकाल काम गर्न दिनुपर्ने थियो । उहाँले दुई वर्षमा जे काम गर्नुभएको थियो, त्यो त अर्को जाँदा फेरि सिक्नै समय लाग्छ । उहाँलाई फूल टर्म राख्नुपर्ने थियो ।

कुनै एउटा पार्टी सरकारमा आउने बित्तिकै राजदूत पनि परिवर्तन गर्ने ? राज्यलाई नै फाइदा हुने गरी काम गरेको छ भने उसलाई फिर्ता गर्न हुँदैन । हामी योङ जेनेरेसनलाई कुरा यही चित्त बुझ्दैन ।

 माधव नेपालको पार्टी ठुलो हुन्छ भन्ने लाग्छ ?

अहिले त पार्टी सानो छ ।  एमाले नै ठुलो छ । ठुलो चुनौती छ । तर, निराश हुनुपर्छ भन्ने लाग्दैन । कसरी ठुलो बनाउनुपर्छ भन्ने चैँ लाग्छ । विभिन्न क्षेत्रका विज्ञहरूलाई माधव नेपालले समाजवादी पार्टीले ठाउँ दिनुपर्छ भन्ने लाग्छ । साँच्चै राम्रो पार्टी बनाउनुपर्छ भन्ने लाग्छ भने, उहाँले एमाले जसरी नै चल्छु, नाममात्रै समाजवादी भन्छु भनेर त कहीँ पुगिदैंन भन्न लाग्छ ।

माधव नेपालसँग तपाईंको त बाक्लै कुराकानी भइरहेको होला नि ?

उहाँ धेरै व्यस्त हुनुहुन्छ । आदरणीय व्यक्तित्व हुनुहुन्छ । डिस्टर्ब गर्न मन लाग्दैन । धेरै  आदरणीय नेता भएकाले उहाँको विश्वास लाग्छ । मलाई लाग्छ, उहाँले समयको ख्याल गरेर अघि बढ्नुपर्छ । अहिलेको आवश्यकता के हो ? पार्टीलाई सुदृढ गरेर , कसरी अघि बढ्ने भन्ने महसुस गर्नुभएको  छ भन्ने लाग्छ । विभिन्न क्षेत्रका व्यक्ति, काम गर्नसक्ने, अब्बल व्यक्तिहरूलाई राम्रो स्थान दिएर समावेश गर्नुहुन्छ र गर्नुपर्छ भन्ने लाग्छ । नत्र एमालेजस्तै हुन्छ ।

केपी ओलीकै पालामा प्रेम आले मन्त्री भइसक्नुभएको थियो । फेरि पनि मन्त्री हुँदा सन्तुलन मिलाउनकै लागि समाजवादीले पनि पद दिनुपर्ने रहेछ भन्ने भयो । पार्टीमा योगदान गरेका अरू कमरेडहरु पनि हुनुहुन्छ नि ।

रामकुमारी झाँक्रीले अहिले मन्त्री बन्ने अवसर पाउनुभयो, यसलाई उचित नै मान्न सकिएला । तर प्रेम आले, किसान श्रेष्ठजस्ता विवादित पृष्ठभूमिका व्यक्तिलाई ओलीले जसरी नै माधव नेपालले पनि सरकारमा ल्याउनुभयो भन्ने आरोप छ नि ? व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई हेर्ने नजर गलत भएको हो अथवा यो कदम नै गलत हो ?

म एउटा सानो कार्यकर्ताले टिप्पणी गर्नु सही नहोला । रामकुमारी झाँक्री मन्त्री हुनुपर्ने थियो । हामी धेरै युवा खुसी छौँ । उहाँ महिला भएर पनि एक्लो सतिशाल जसरी लाग्नुभएको थियो । उहाँ समावेश भएकोमा मलाई खुसी लाग्छ । विरोध खतिवडा अर्को नेता हुनुहुन्छ । मेरो बुबाले सधैँ उहाँको नाम लिने गर्नुहुन्थ्यो ।  बल्ल उहाँलाई सबै चिने । उहाँ राजनीतिमा लाग्नुभएको ३० वर्षभन्दा धेरै भएको थियो । त्यस्तो नेताले भर्खर मन्त्री पद पाउनुभयो । उहाँहरू दुईजनाका हकमा धेरै खुसी छु । प्रेम आले र किसान श्रेष्ठका हकमा सन्तुलन पनि मिलाउनुपर्ने हुन्छ, उहाँहरूका लागि अवसर दिनुपर्छ भन्ने पनि लाग्छ । अन्यथा नसोच्ने हो भने अरू कमरेडहरुलाई पनि ठाउँ दिनुपर्छ भन्ने लाग्छ ।

केपी ओलीकै पालामा प्रेम आले मन्त्री भइसक्नुभएको थियो । फेरि पनि मन्त्री हुँदा सन्तुलन मिलाउनकै लागि समाजवादीले पनि पद दिनुपर्ने रहेछ भन्ने भयो । पार्टीमा योगदान गरेका अरू कमरेडहरु पनि हुनुहुन्छ नि । त्यस्तै, धेरै योगदान नगरेको भए पनि डाइनामिक मान्छेलाई पनि ल्याउनुपर्छ ।  मैले अघि पनि भनेँ विशेषज्ञहरूको टिमलाई पनि ल्याउनुपर्छ । पार्टीलाई पहिलेदेखि सर्पोट नगरेको, फूल टाइम राजनीति नगरेकालाई पनि ल्याउनुपर्छ । किनकि अहिले धेरै परिवर्तन भयो । समयअनुसार हामी चल्नुपर्छ ।

अहिले कुन नेताको झोला बोकेर हिँडेको, सहिद भएको नेताको लेखपढ गर्न पनि नसक्ने श्रीमतीलाई मन्त्री बनाउने ठिक हुन्न जस्तो लाग्छ । उहाँहरुलाई सम्मान गर्ने, पार्टीका कार्यक्रममा बोलाउने, उहाँलाई भेट्न जाने गर्नुपर्छ भन्ने लाग्छ । जस्तो, मेरै बुबा बित्नुभयो, मुमालाई भेट्न कोही पनि जानुहुन्न । बुबा बित्नुभन्दा एक दिनअघिसम्म पनि जान्थे  । अहिले उहाँलाई कस्तो महसुस भयो होला ? उहाँले पनि धरानमा विद्यार्थी कालदेखि राजनीति गरेको हो । उहाँ पनि पढेलेखेको मान्छे हुनुहुन्छ । अनेम संघमा त त्यत्रो समयदेखि योगदान गरेको मान्छे हुनुहुन्छ ।

हामीलाई चाहिएको केही होइन, मानिसलाई पद दिएर मात्रै सम्मान हुँदैन । कोही–कोहीलाई पार्टीका कार्यक्रममा बोलाउने । जस्तो, बुबा बित्नुभयो । मुमालाई पार्टीका कार्यक्रममा बोलाउने । पार्टीको सल्लाहकार कमिटीमा बोलाउने । अर्थात्, सम्मानजनक ठाउँ दिन सकिन्छ । तर, काम गर्ने ठाउँमा चाहिँ विशेषज्ञलाई नै ल्याउनुपर्छ भन्ने लाग्छ । अब नयाँ गर्नुपर्छ । अब पनि उही पुरानै तरिकाले हुन्न, समाजवादी पार्टीले पनि अब आफूलाई परिवर्तन गर्नुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।