मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपालीहरुले यसरी मनाए दसैँ (फोटोफिचर)

शनिबार, ३० असोज २०७८, ०६ : ५८
शनिबार, ३० असोज २०७८

अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका थाप्ने समय पनि फरक फरक थियो । अमेरिकामा विजया दशमी शुक्रबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दसैँ मनाएका छन् ।

अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । दुई वर्षदेखि जारी कोरोना महामारीको कारण आफन्त, ठूला बडा ,मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका ग्रहण सीमित रुपमा गरेका छन् ।

अमेरिकामा सबै नेपालीहरुले कोरोनाको पूर्ण खोप लगाए पनि डेल्टा प्रजातिको कोरोना संक्रमणका कारण घर परिवारभित्रै दसैँ मनाएका छन् । अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ०२ मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् । 

हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी आशीर्वाद समेत लिएका छन् । वर्ष दिनमा आउने महान चाड दसैँमा नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी (फरिया) तथा गरगहनामा सजिएका थिए ।

साना बाल-बालिकाहरूका लागि दसैँ निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिँदा निकै दङ्ग परेका देखिन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप