एम्बाप्पेको पेनाल्टीमा पीएसजीको संघर्षपूर्ण जीत
किलियान एम्बाप्पेको ८६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एंगर्सलाई २–१ गोलले हराएको छ । एंगर्सका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरेका हुन् ।
दक्षिण अमेरिकी स्टारहरू लियोनेल मेस्सी, एन्जेल डि मारिया, लियनार्डो पारेडेस, नेयमार र मार्किन्होसबिना नै मैदानमा उत्रेको पीएजसीले पहिलो हाफमा विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । खेलको ३६ औँ मिनेटमा एन्जेलो फुल्गिनीले गोल गरेपछि पीएसजीले एक गोलले पछि परेको थियो ।
तर, दोस्रो हाफमा डानिलो पेरेराले हेडरमार्फत गोल गर्दै पीएसजीका लागि बराबरी गोल फर्काए । खेलको अन्त्यतिर भिडियो एसिस्टेन्ट रेफ्रीले सम्भावित ह्याण्डबलका लागि सङ्केत गरेपछि रेफ्रीले भिडियो रिभ्यूको मद्दतले पीएसजीलाई पेनाल्टी प्रदान गरे । जसलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरे । १० खेलपछि २७ अंक बटुल्दै पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता