शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा रेखादेखि अनमोलसम्मको दसैँ टीका

शुक्रबार, २९ असोज २०७८, २० : ००
शुक्रबार, २९ असोज २०७८

आज विजयादशमी । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ । आज देशैभर दसैँ मनाइएको छ । यसमा कलाकारहरु छुट्ने त कुरै भएन । हेरौँ तस्बिरमा सेलेब्रिटीले कसरी मनाए त यस वर्षको दसैँ :

तस्बिरहरु सामाजिक सञ्जाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप