शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘गोरखा’ मा अक्षय

शुक्रबार, २९ असोज २०७८, १८ : ४८
शुक्रबार, २९ असोज २०७८

अतरंगी र रक्षा बन्धनपछि अक्षय कुमार र आनन्द एल रायको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्ट रिलिज भएको छ । यो भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर इयान कार्डोजोको जीवनमा आधारित रहेको छ । चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पूरन सिंह चौहानले गर्नेछन् । इयान कार्डोजोले सन् १९६२, १९६५ र विशेष गरेर १९७१ को भारत–पाकिस्तान युद्धमा भाग लिएका थिए ।

दसैँको अवसरमा अक्षयले फस्ट लुक पोस्टर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘कहिले–कहिले तपाईंको सामु यस्ता कथाहरु आउँछन् जो यति प्रेरणादायी हुन्छन् कि तपाईंं त्यसलाई बनाउन चाहनुहुन्छ । गोरखा – महान् युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित यस्तै एक फिल्म हो । एक आइकनको भूमिका निभाउन र यस विशेष चलचित्र प्रस्तुत गर्दा म सम्मानित महसुस गरिरहेको छु ।

मेजर जनरल इयान कार्डोजोले भने, ‘यो कहानी १९७१ को युद्धको ५० औँ वर्षगाँठको अवसरमा ल्याउन पाउँदा निकै सम्मानित महसुस गरिरहेको छु । यसले भारतको सशस्त्र बलको साहस र बलिदानलाई याद दिलाउँछ । म आनन्द र अक्षयसँग काम गर्नका लागि उत्सुक छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप