शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईपीएल फाइनल : दुई विश्व विजेता कप्तानहरूको भिडन्त आज

शुक्रबार, २९ असोज २०७८, १८ : २६
शुक्रबार, २९ असोज २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा शुक्रबार साँझ चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच फाइनल खेल हुँदैछ । यो खेल दुई दिग्गज कप्तानको भिडन्त पनि हो । चेन्नईको कप्तानी सम्हाली रहेका महेन्द्र सिंह धोनीले चेन्नईलाई तीनवटा आईपीएलको उपाधि दिलाउनुको साथै भारतलाई टी–२० विश्वकप र एकदिवसीय विश्वकपको उपाधि पनि दिलाएका छन् । उता, कोलकाताका कप्तान ओएन मोर्गनले सन् २०१९ मा इंग्ल्याण्डलाई पहिलोपटक एकदिवसीय क्रिकेटका विश्व च्याम्पियन बताएका थिए । उनले सोही सफलता अब कोलकातासँग दोहो–याउन चाहन्छन् ।

कोलकाताको टोलीले आईपीएल २०२१ को दोस्रो चरणका खेलहरूमा शानदार प्रदर्शन गरिरहेको छ । टोलीले दोस्रो चरणमा खेलिएका ९ मध्ये ७ मा जीत हासिल गरेको छ । उता, चेन्नईले भने पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनलमा पुगेको हो । उक्त खेलअघि चेन्नईले लगातार तीन खेलमा हारको सामना गरेको थियो ।

दोस्रो चरणमा कोलकाताको कायापलटमा ओपनर वेंकटेश अय्यरको योगदान ठुलो रहेको छ । उनले हरेक जीतमा अहम् योगदान दिइरहेका छन् । ९ खेलमा उनले ४० को औसतले ३२० रन बनाएका छन् ।

फाइनलमा अपराजित कोलकाता

प्रतियोगिताका पछिल्ला रेकर्डलाई हेर्ने हो भने फाइनल कोलकाताको पक्षमा देखिन्छ । कोलकाता यसअघि दुई पटक फाइनलमा पुगेको छ । जसमा टोलीले दुवैमा जीत हासिल गरेको छ । अर्थात्, फाइनलमा उसको सफलताको दर १०० प्रतिशत रहेको छ । उता आठ पटक फाइनलमा पुगेको चेन्नईले ३ पटक उपाधि उचालेको छ । तर दुई टोलीबीच भएका २४ खेलमा चेन्नई हाबी रहेको छ । चेन्नईले १६ खेल जित्दा कोलकाताले मात्र ८ जीतमा जीत हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप