मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : अफगानिस्तानको मस्जिदमा विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

शुक्रबार, २९ असोज २०७८, १७ : १६
शुक्रबार, २९ असोज २०७८

अफगानिस्तानको कान्दाहार सहरमा शुक्रबार प्रार्थनाको समयमा शिया मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका बिबी फातिमा मस्जिदका तस्बिरहरूमा सिसाहरू फुटेको, मानिसहरू भुइँमा लडिरहेको र अन्यले मद्दत गर्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।

विस्फोटको कारण हालसम्म स्पष्ट भएको छैन तर आत्मघाती बम हमला भएको हुनसक्ने आशङ्का गरिएको छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई तीनवटा विस्फोटका आवाजहरू सुनेको बताएका छन् – पहिलो मुख्य द्वारमा, दोस्रो प्रार्थना गर्नेहरूले हात धुने ठाउँमा र अर्को तेस्रो । शुक्रबार प्रार्थना गर्नेहरूको धेरै भीड लाग्ने गर्दछ । विस्फोटको समयमा मस्जिद भरिभराउ रहेको बताइएको छ । एएफपीका पत्रकारका अनुसार घटनास्थलमा कम्तीमा १५ वटा एम्बुलेन्सहरू देखिएका थिए । 

हाल सो क्षेत्रलाई तालिवानको विशेष दस्ताले सुरक्षित गरेको छ । बीबीसी अफगानिस्तानका पत्रकार सेकुन्दर करमानीले आईएस–के ले यो घटनाको जिम्मेवारी लिन सक्ने बताएका छन् । गत शुक्रबार मात्र कुन्दुज सहरको शिया मस्जिदमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाले ज्यान गुमाएका थिए । उक्त घटनाको जिम्मेवारी आईएस–के लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप