शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा नेपाली फुटबलको दसैँ, ढाका टोपीमा सजिए अल्मुताइरी (फोटोहरु)

शुक्रबार, २९ असोज २०७८, १६ : ५०
शुक्रबार, २९ असोज २०७८

साफ च्याम्पियनसीपमा भाग लिन माल्दिभ्समा पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले दसैँ मनाएका छन् । टोलीका सदस्यहरुले एक आपसमा टीका र जमरा लगाएर दसैँ मनाएका हुन् । 

फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत दसैँको टीका ग्रहण गरेका छन् । ढाका टोपीमा सजिएर अल्मुताइरीले दसैँको टीका लगाएको तस्बिर एन्फाले सार्वजनिक गरेको छ । उनले केही दिनअघि मात्र राजीनामा दिइसकेको बताउँदै प्रतियोगिता सकिएपछि नेपाल नफर्कने घोषणा गरेका थिए ।

अल्मुताइरीको नेतृत्वमा नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग शनिबार फाइनलमा भिड्दैछ ।  हेर्नुहोस् तस्बिरहरु


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप