शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि

शुक्रबार, २९ असोज २०७८, १६ : २०
शुक्रबार, २९ असोज २०७८

बडादसैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ  । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण राँगा बलिमा कमी आएको भएपनि  यसवर्ष भने बढी नै बलि प्रदान गरिएको जनाइएको छ । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भलुवा निवासी जगदिश यादवको राँगा बलि प्रदान गरिएको थियो । त्यसपछि बलि दिन ल्याइएका भक्तजनका राँगा पालैपालो बलि चढाइएको थियो । 

बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो । कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवी सम्म करिब २० हजारको हाराहरीमा खसीबोकाको बलि दिइएको थियो । 

आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताए ।

 गत वर्ष कंकालिनी भगवती मन्दिरमा तीन.सय ८५ वटा राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएको थियो । अघिल्ला वर्षमा कोरोनाको महामारीका कारण नेपाल–भारत सीमा नाका बन्द हुँदा त्यहाँका भक्तजनहरु आउन नसकेकाले यस पटक धेरै भक्तजनहरु आएका थिए । 

गत वर्ष  सप्तरी जिल्लासहित देशैभरि कोरोना माहामारीको प्रभाव परेको थियो । कोरोनाका कारण दशैँमा जिल्लाको कंकालिनी भगवती र छिन्नमस्ता भगवतीसहित विभिन्न ठाउँमा मेला समेत लागेको थिएन ।

यसैबीच यस कंकालिनी मन्दिरमा बडादशैँको महानवीमीका दिन ठूलो मेला पनि लाग्ने गर्दछ । यस वर्ष कोभिड महामारीको कमीले गर्दा नेपाल–भारत सीमा नाका खुल्ला भएका कारण मेला भर्न हजारौँ मानिस अएका थिए । 

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी, मोरङ, झापा र छिमेकी राष्ट्र भारतको बिहार राज्यको सुपोल, मधुवनी अररिया  लगायतका ठाउँबाट यहाँ दर्शनार्थीहरु आउने गरेका छन् । 
त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ । त्यहाँ पनि घटस्थापनादेखि महानवमीसम्म मेला लागेको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप