दक्षिणा पाउनुभयो ! अब यसो गर्नुस्, नत्र कारबाहीमा परिएला
दसैँमा टीकाको जति महत्त्व छ, त्यति नै दक्षिणाको पनि । ठुलाबडाको हातबाट आशीर्वाद टीका ग्रहण गरिसकेपछि दक्षिणाको रूपमा नगद पैसा पाइन्छ । जुन तपाईँले पनि पाउनुभयो होला । वा पाउँदै हुनुहुन्छ । याद गर्नु होस्, अब तपाईँले पाउने पैसा कसरी सुरक्षित राख्ने ?
नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्नुहोस् । सकभर नोटमा कुनै पनि प्रकारको रङ नदल्नुहोस् । नोटमा जथाभाबी ¬लेख्ने, केरमेट गर्ने वा स्टिच गर्ने पनि नगर्नुहोस् । नोटलाई जलाउने वा च्यात्ने जस्ता गैर ऐन विपरीतका काम झुक्किएर पनि नगर्नुहोस् ।
थाहा छ, यस्तो गतिविधि गरेमा तपाई जेल समेत जानुपर्ने हुन सक्छ । नोटको दुरुपयोग वा जथाभाबी प्रयोगलाई नेपाल राष्ट्र बैङ्कले ऐनमा नै व्यवस्था गरेर दण्डनीय बनाएको छ । मुलुकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभाबी केरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ ।
प्रायः सुकिला र कटकटिएका नयाँ नोट दसैँ तिहारमा नै प्रयोगमा ल्याइन्छ । फेरि नोटको हिफाजतको चुनौती पनि यही दसैँ–तिहारमा नै बढी हुने गर्छ । किनकि दसैँ तिहारमा दक्षिणाका रूपमा प्रयोग गरिने नोटमा अबीर, केशरी, तथा पानी छर्कने चलन छ । सकभर यसो नगर्नुहोस् ।
बरु दक्षिणास्वरुप प्राप्त गर्ने रकमलाई हिफाजतसाथ राख्नुहोस् र कुनै राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुहोस् । ता कि यो लगानीले तपाईँको भविष्य उज्ज्वल हुन सकोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने