शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख अमिक शेरचनको शुभकामना सन्देश

शुक्रबार, २९ असोज २०७८, ०८ : ३६
शुक्रबार, २९ असोज २०७८

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र भेष भूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताएका छन् । उनले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वर्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गरेका हुन् । 

प्रदेश प्रमुख शेरचनले बडादसैँ, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रहिआएको र यो रहिरहने उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप