शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ एकता र भ्रातृत्व विकासको अवसर : मुख्यमन्त्री शाही

शुक्रबार, २९ असोज २०७८, ०८ : ००
शुक्रबार, २९ असोज २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको  नेपाली समाजमा दसैँलगायतक चाडपर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका हुन् ।  

परम्परागत प्रचलनका नाममा चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदानप्रदान र सामाजिक एकता एवं भ्रातृत्व विकासको अवसरका रुपमा मनाउन आग्रह गरिएको  मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप