शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चाडवाडमा महंगियो फलफूलको मूल्य

शुक्रबार, २९ असोज २०७८, ०७ : ५६
शुक्रबार, २९ असोज २०७८

नेपालीको महान चाड बडा दसैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा दसैँको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । 

काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् । एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरूको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरू बताउँछन् ।

फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताएका छन् भने फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइ दिँदा पनि समस्या आइरहेको बताएका छन् । 

ब्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरू नआउँदा केही महंगो भएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप