बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

बिहीबार, २८ असोज २०७८, १६ : १२
बिहीबार, २८ असोज २०७८

नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप