मिथिला नगरीका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गर्नेको भीड

person explore access_timeअसोज २८, २०७८ chat_bubble_outline0

दसैँको रौनकता बढेसँगै मिथिला नगरीका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गर्नेको भीड लागेको छ । देशभर नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दसैँ) को अवसरमा माता दुर्गाका मन्दिरहरूमा भव्य पूजा आराधना भई रहेको हो । जगतमाता सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरूपको पनि माइती मिथिलालाई नै मान्ने गरिएको छ । त्यसैले दसैँमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैँ नवदुर्गालाई माइतीमा भित्र्याउने परम्परा रहेको छ ।

संस्कृतिविद्हरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गरेको गर्छन् । जानकी मन्दिरका प्रथम महन्त सुरकिशोर दास माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्ने गरेको र पछि उनका उत्तराधिकारी महन्तहरूले समेत सो परम्परालाई अझै जारी नै राख्दै आएको मिथिलावासीहरू बताउँछन् । मिथिला साहित्यकार नित्यानन्द मण्डलले मिथिला र बंगालको सम्बन्धको रूपमा रहेको मूर्ति पूजा रहेको र बंगालमा एउटा उत्सवको रूपमा रहेको कारणले यहाँ पण्डितहरू बंगाल जाने र बंगालका व्यक्तिहरू विद्या अध्ययनको लागि मिथिला आउने गरेकोबाट पनि मिथिलामा मूर्ति पूजा गर्ने चलन सुरु भएको बताए । उनले त्यही बेलाबाट माटोको प्रतिमा बनाएर पूजा गर्ने परम्परा त्यही कालदेखि विकास भएको हुनसक्ने बताए । तर अहिले भने आधुनिकताले छोपेकोले पहिलेको जस्तो उत्कृष्ट मूर्तिहरू नभएको उनको भनाइ छ ।

मिथिला साहित्यकार मण्डलले भने, ‘संस्कृतिविद्हरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गर्दछन्, जानकी मन्दिरका प्रथम महन्त सुरकिशोर दास माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्नुभएको थियो भन्ने इतिहास पाइन्छ, पछि उनका उत्तराधिकारी महन्तहरूले समेत सो परम्परालाई अझै जारी नै राखेका छन्, मिथिला र बंगालको सम्बन्धको रूपमा रहेको मूर्ति पूजा रहेको र बंगालमा एउटा उत्सवको रूपमा रहेको कारणले यहाँ पण्डितहरू बंगाल जाने र बंगालका व्यक्तिहरू विद्या अध्ययनको लागि मिथिला आउने गरेको पाइन्छ, त्यही बेलाबाट माटोको प्रतिमा बनाएर पूजा गर्ने परम्परा त्यही कालदेखि विकास भएको हुनसक्छ ।’

देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने र परिवारका सदस्य झैँ मधुर व्यवहार गर्ने परम्परा मिथिलावासीहरूको रहेको उनले बताए । उनले आर्य समाजमा मूर्ति पूजनको परम्परा महाभारतकालदेखि सुरु भएको र नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको दाबी गरे । मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको साहित्यकार मण्डलको तर्क छ । पूजा अवधिसम्म माइती आएकी चेलीझैँ मीठो परिकार अर्पण गरी पूजा आराधना गर्ने गरिन्छ । मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर बिदाइ गर्ने परम्परा रहेको छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।