शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

बिहीबार, २८ असोज २०७८, १२ : ०८
बिहीबार, २८ असोज २०७८

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुरमा ९ जना पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी ताससहित फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप