शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरिया जाने कामदारले १५०० डलर साट्न पाउने, अन्य देश जानेलाई २०० डलर

बिहीबार, २८ असोज २०७८, ११ : ५८
बिहीबार, २८ असोज २०७८

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डलरसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म सटही सुविधा पाउने बताएको हो ।

तर, यो सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ । यसबाहेक, अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राहदानी बापत २०० डलरभन्दा बढी सटही नदिन बैंकले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप