शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चन्द्रागिरि हिल्स दसैँमा पनि बन्द नहुने

बिहीबार, २८ असोज २०७८, १० : ३९
बिहीबार, २८ असोज २०७८

चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट दसैँको समयमा पनि बन्द नहुने भएको छ । वर्ष दिन भरी सञ्चालन गर्ने लक्ष्यसहित हिल्स दसैँमा पनि बन्द नहुने भएको हो । हिल्सले दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गर्दै केबलकार बन्द नगर्ने भएको हो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले वर्षको ३६५ दिन नै चन्द्रागिरि हिल्स सञ्चालनमा आउने जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘चन्द्रागिरि दसैँको अष्टमी, नवमी र दशमीमा पनि पूर्ण क्षमतामा चल्छ ।’

उनले कम्पनीका कर्मचारी आलोपालो गरेर सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार चन्द्रागिरिको केबलकार र चन्द्रागिरि हिल्स रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा छन् ।​ दसैँको समयमा चन्द्रागिरिमा दैनिक १५०० देखि २००० जना पुगिरहेको शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप