शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजदेवीमा ७ घण्टाभित्र १४ हजार २४१ बोकाको बली दिइयो

बिहीबार, २८ असोज २०७८, १० : ३५
बिहीबार, २८ असोज २०७८

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा अन्य वर्षभन्दा यस वर्ष सबैभन्दा बढी बोकाको बली प्रदान गरिएको छ । गत वर्षको तुलनामा झण्डै दुई गुणा बढी बोकाको बली प्रदान गरिएको हो । जनकपुरधाम स्थित राजदेवी मन्दिरमा महाष्टमी तिथि अनुसार बुधबार साँझ ८ः०५ बजे देखि सुरु भएको थियो भने बलि प्रदान कार्यक्रम करिब ७ घण्टासम्म चलेको थियो । सो क्रममा १४ हजार २ सय ४१ बोकाको बली प्रदान भएको जनाइएको छ । बलि प्रदान कार्यक्रम बिहान साढे ३ बजेसम्म चलेको थियो ।

गत वर्ष भने यस राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाको बली प्रदान भएको थियो । रोग निवारण, सन्तान प्राप्ति, सुख शान्ति आदिको कामना तथा भाकल पुरा भएपछि भक्तजनरूले निकै टाढादेखि जनकपुरधाममा आएर रातभर जाग्राम बसेर माता राजदेवीलाई बली दिने गरेका छन् । मन्दिरमा बली दिन जनकपुरधाम क्षेत्र अवस्थित सीमावर्ती जिल्ला र भारतबाट समेत श्रद्धालु भक्तजन आएका थिए ।

यस वर्ष पनि बलि प्रदानका लागि प्रति बोका दुई सय रुपैयाँका दरले श्रद्धालु भक्तजनबाट सङ्कलन गरिएको महावीर युवा कमिटीले जनाएको छ । यसपालि स्थानीय क्लबले बलीबाट २८ लाख ४८ हजार दुई सय रुपैयाँ सङ्कलन गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप