बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह अस्वस्थ

बुधबार, २७ असोज २०७८, २० : ५३
बुधबार, २७ असोज २०७८

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह गम्भीर अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा लगिएको छ । उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

काँग्रेस आइका वरिष्ठ नेतासमेत रहेका डा. सिंह ज्वरो र कमजोरीका कारण अस्वस्थ भएका हुन् । ८८ वर्षीय उनको स्वास्थ्य परीक्षण र उपचारमा एम्स अस्पतालले मेडिकल बोर्ड गठन गरेको छ । डा. रणदीप गुलेरियाको नेतृत्वमा चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गर्ने जनाइएको छ ।

डा. सिंह १९ अप्रिलमा कोरोनाभाइरसबाट संक्रमित भएका थिए । एम्स अस्पतालमै १० दिनसम्म रहेर उनले स्वास्थ्य लाभ गरेका थिए । उनले यसअघि नै कोरोनाविरुद्धको खोपको दुवै मात्रा लिइसकेका थिए ।

उनी मधुमेहका बिरामी पनि हुन् । उनको दुई पटक ‘बाइपास सर्जरी’ समेत भइसकेको छ ।

 स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप