प्रधानमन्त्री देउवाद्वारा नेपाली फुटबल टोलीलाई बधाई

person explore access_timeअसोज २७, २०७८ chat_bubble_outline0

प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई  बधाई दिएका छन् । बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिएका छन् ।

 ‘हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’

 

बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको थियो । 

 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।