शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थ्रेसर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

बुधबार, २७ असोज २०७८, १८ : ५६
बुधबार, २७ असोज २०७८

मकवानपुर । मकवानपुरमा धान काट्ने थ्रेसर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ स्थित मास्टर चोकमा धान काट्ने थ्रेसर पल्टिदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्र ०२–०३–००१ त १०३ नम्बर को धान काट्ने थ्रेसर अनियन्त्रित भई सडक छेउमा पल्टिदा थ्रेसरमा सवार एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन भने मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

थ्रेसरमा सवार चार जना मध्ये अन्य तीन जना घाइते भएका छन् । उनीहरुको उपचार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप