शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैङ्कको सन्देशमूलक भिडियो सार्वजनिक

बुधबार, २७ असोज २०७८, १८ : ३२
बुधबार, २७ असोज २०७८

नेपाल बैङ्क लिमिटेडले चाड पर्वहरूको अवसरमा पारिवारिक साथ सम्बन्ध दर्साउने सन्देशमूलक भिडियो ‘साथ सम्बन्ध’  सार्वजनिक गरेको छ । परिवारमा सबैका  आ–आफ्ना चाहना आवश्यकता र भूमिकाहरू हुन्छन् र  ती सबैको सम्मान गर्नुपर्दछ भन्ने भाव देखिने भिडियोमा हजुरबुबाको एक फरक क्षमता भएको आफ्नो नाति प्रतिको असीम प्यारलाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ । 

डिजिटल बैङ्किङ प्रयोग गर्न ज्येष्ठ नागरिकहरुलाई समेत  प्रोत्साहित गरेको भिडियोले अप्रत्यक्ष रूपमा बचतको महत्त्व दर्साउँदै सबैलाई बैङ्कमा बचत गर्न प्रेरित पनि गरेको छ । नेपाल बैङ्क लि.ले आफ्नो आधिकारिक फेसबुक पेज  र युट्युव मार्फत सो भिडियो सार्वजनिक गरेको यो जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप