शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठहरूको दर्शन

बुधबार, २७ असोज २०७८, १८ : २३
बुधबार, २७ असोज २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरूको पूजा अर्चना गरेकी छन् । बुधवार अपराह्न ४ बजेदेखि राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूमा पूजा आराधना गरेकी हुन् । उनले काठमाडौँ उपत्यकाका नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, सङ्कटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीको दर्शन गरेकी छन् ।

नेपालीहरूको महान् चाड विजया दशमी (बडा दसैँ) को आठौँ (महाष्टमी) दिन बिहान काभ्रेपलान्चोकको पलाञ्चोक भगवतीमा समेत पूजा अर्चना गरेका थिइन् । महाष्टमीका दिन विशेष पूजाअर्चना गरिन्छ भने मध्यराती बलि दिने र कालरात्रिको पूजा गर्ने चलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप