थप ३६५ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु
बुधबार, २७ असोज २०७८, १६ : ४३
![थप ३६५ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/corona-covid_XudK7jkO5Q.jpg)
नेपालमा थप ३ सय ६५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।
यही अवधिमा थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ