पिङमा सररर...

वर्ष कोभिड –१९ का त्रासका कारण दसैँका बेला हालिँदै आएको पिङ न्यून छन् । विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि विभिन्न स्थानमा दर्जनाैँ रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्थ्यो । बिस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि बिस्तारै टुट्दै गएको छ । आधुनिकताको विकास क्रमसँगै विभिन्न मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ । काठमाडौँमा त पिङ खोज्नलाई हम्मे हम्मे नै पर्छ । यस पटक साँखुको वज्रयोगिनीमा पुग्दा बालबालिकाहरू देखि ठुलाबडासमेत पिङमा रमाइरहेको भेटियो । हेर्नुहोस् तस्बिर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग