शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पिङमा सररर...

बुधबार, २७ असोज २०७८, १५ : ५७
बुधबार, २७ असोज २०७८
हिन्दूको महान् चाड दसैँतिहारमा  पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । गाउँगाउँदेखि ठुला सहर बजारमा दसैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा  पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

वर्ष कोभिड –१९ का त्रासका कारण दसैँका बेला हालिँदै आएको पिङ न्यून छन् । विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि विभिन्न स्थानमा दर्जनाैँ रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्थ्यो । बिस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि  बिस्तारै टुट्दै गएको छ । आधुनिकताको विकास क्रमसँगै विभिन्न मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ । काठमाडौँमा त पिङ खोज्नलाई हम्मे हम्मे नै पर्छ । यस पटक साँखुको वज्रयोगिनीमा पुग्दा बालबालिकाहरू देखि ठुलाबडासमेत पिङमा रमाइरहेको भेटियो । हेर्नुहोस् तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप