शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कराँतेका पदक विजेता खेलाडीलाई सम्मान

बुधबार, २७ असोज २०७८, ०६ : ५७
बुधबार, २७ असोज २०७८

जर्मनीमा भएको चेम्निज ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराँते डो संघले मंगलबार सम्मान गरेको छ ।

अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।

मन्डेकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहको एकल कातामा गरी २ स्वर्ण जिते । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता हुन् । मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा कास्य हात पारेका थिए ।

मुकुन्द्र १३ औं सागका कास्य विजेता हुन् । सुमन तिमल्सिनाले एकल कातातर्फ आफ्नो उमेर समूहमा स्वर्ण तथा सिनियरमा कास्य प्राप्त गरेका थिए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे र नेपाल गोजुरियो कराँते डो संघका महासचिव विआर मित्रले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ पनि प्रशंसा पत्रबाट सम्मानित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप