रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र जर्मन चान्सलर मार्केलबीच फोनवार्ता

person explore access_timeअसोज २६, २०७८ chat_bubble_outline0

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मार्केलबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनका विषयमा कुराकानी भएको रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो फोनवार्ताका क्रममा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको हिंसाको अन्त्यका लागि कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनका कतिपय स्थानमा पछिल्लो समयमा हिंसा जारी रहेको छ । युक्रेनको हिंसा रोक्नका लागि भन्दै सन् २०१५ मा मिन्स्क सम्झौताका भएको थियो । तर सो सम्झौतापछि पनि हिंसा रोकिएको छैन । यहाँ पछिल्ला केही समयमा द्वन्द्व चर्किएको छ । यसबाट कैयौँ नागरिक विस्थापित पनि भएका छन् ।

पछिल्ला दिनहरूको सो आन्तरिक द्वन्द्व रोक्नका लागि भन्दै उहाँहरुबीचमा आवश्यक छलफल र परामर्श भएको बताइएको छ । साथै रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा अरू पनि कतिपय अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि कुराकानी भएको बताइएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।