शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बेपत्ता बालक ८ महिना पछि मुम्बईमा फेला

मङ्गलबार, २६ असोज २०७८, २१ : ४१
मङ्गलबार, २६ असोज २०७८

गत ८ महिनादेखि कपिलवस्तु  स्थित घरबाट बेपत्ता भएका एक जना बालकलाई कपिलवस्तु प्रहरीले खोज तलास गर्दै जाँदा भारतको मुम्बईमा रहेको पत्ता लगाई त्यहाँबाट झिकाएर मंगलबार उनका परिवारजनलाई जिम्मा लगाएको छ ।  २०७७ साल फागुन २९ गतेका दिन कपिलवस्तु नगरपालिका–३ का राम विक्रम तेलीका १४ वर्षीय छोरा काशीराम तेली घरबाट बेपत्ता भएका थिए । तत्पश्चात् परिवारजनले कपिलवस्तु प्रहरीमा खोज तलासका लागि निवेदन दिएका थिए ।

प्रहरीले विभिन्न डिजिटल प्रविधि प्रयोग गरि खोज तलास गर्दै जाँदा  मुम्बईको डोगरी स्थित बालगृहमा रहेको पत्तो लगाएको थियो । त्यसपछि कपिलवस्तु प्रहरीले संयुक्त नेपाली महासंघ मुम्बई संस्था सँग समन्वय गरी  ती बालकलाई घर झिकाउने पहल गरेको थियो । सोही अनुरूप मंगलबार त्यस संस्थाका महासचिव पुरन कुँवरले मुम्बई देखि ल्याई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाएका थिए र उनकै रोहवरमा बुझाई खोज तलासमा सहयोग गर्ने त्यस संस्थालाई जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले धन्यवाद दिएका थिए ।

बेपत्ता छोरालाई पाउँदा उनकी आमा डाको छाडेर रोएकी थिइन् । कार्की प्रहरी प्रमुख भएर आएदेखि दर्जनौँ बेपत्ता बालबालिकालाई खोजी गरि परिवारजनलाई बुझाएका छन् । उनी यस वर्षको प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट उत्कृष्ट प्रहरी प्रमुखका रूपमा पुरस्कृत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप