खुसी खोज्दै विदेशिन बाध्य नेपालीको कथा ‘बस है पियारी’
पोखरा । पछिल्लो समय खुसी भित्राउने लालसामा वर्षेनी थुप्रै नेपाली युवाहरू विदेशिने गरेका छन् । विदेश जाने प्रत्येक युवाहरूको आफ्नै कथा, व्यथा र बाध्यताहरू रहेका छ । अधिकांश नेपालीहरू दसैँलाई महान् चाडको रूपमा मनाउँछन् । वर्षौँदेखि विदेशिएका नेपालीहरू दसैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरूको बाध्यता यस्तो छ कि दसैँको संघारमै विदेशिनुपर्ने बाध्यता छ । यस्तै कथा व्यथालाई समेटेर गीतकार आकाश दाहालले ‘बस है पियारी, घरबारै स्याहारी’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायक तथा सङ्गीतकार सन्तोष बस्यालले संगीतिक धुन भरेका छन् ।
गीतको भिडियोमा अभिनेत्री सोफी धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् भने निर्देशक नेत्र गुरुङले भिडियो सम्पादनको कार्य गरेका हुन्। वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म