मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गाला कार्यक्रममार्फत् २३ हजार डलर सङ्कलन

मङ्गलबार, २६ असोज २०७८, २१ : १९
मङ्गलबार, २६ असोज २०७८

एचडिएनपी अन्तर्राष्ट्रियले कोष सञ्चालन गर्न आयोजना गरेको गाला कार्यक्रम २०२१ मार्फत २३ हजार ३ सय १३ डलर सङ्कलन गर्न सफल भएको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । र ,यसको स्थापना र सञ्चालन नेपालीले गरेका हुन् ।

स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबारविहीन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आइरहेको छ । र ,उनीहरूकै लागि नियमित कार्यक्रम गर्न सकियोस् भन्ने हेतुले आयोजना गरिएको कार्यक्रम यस वर्ष अत्यन्तै सफल हुन् सकेको जानकारी संस्थापक सभापति तथा सञ्चालक देवी डेभिड आचार्यले बताए । गत शनिबार अक्टोबर ९ का दिन एचडिएनपी अन्तर्राष्ट्रियले टेक्ससमा कोष वृद्धि समारोहको आयोजना गरेको थियो । विगत वर्षमा झैँ यस वर्ष पनि फन्डरेजर गाला २०२१ नाम दिईएको थियो ।

उक्त समारोहको २०२१ गाला टिम अर्थात् समारोह समूह २०२१ पनि बनाइएको थियो । उक्त कार्यक्रममा विशेष व्यक्तित्वहरूको सत्र ,रात्रि भोज ,विभिन्न राष्ट्रको प्रतिनिधित्व हुने गरि नृत्य र सङ्गीतको प्रस्तुति ,लिलाम तथा पुरस्कार वितरण कार्यक्रम समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप