रोल्पामा काँग्रेस नेता बुढालाई आफ्नै भाइले घाँटी रेटेर हत्या गरेको खुलासा

रोल्पाका पुराना काँग्रेस नेता पूर्णबहादुर बुढालाई आफ्नै भाइले घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीया बुढा आफ्नै घरमा सोमबार बिहान करिब ११ बजेको समयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए । बिहान अबेरसम्म ढोका नखुलेपछि स्थानीयले ढोका खोलेर हेर्दा उनलाई त्यस्तो अवस्थामा फेला पारेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतकका आफ्नै कान्छा भाइ अमरराज बुढाले हत्या गरेको खुल्न आएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिएका हुन् ।
नेपालगञ्जबाट कुकुर सहितको टोली समेत खटिएको थियो । डिएसपी सुवेदीका अनुसार घरायसी रिसिबीका कारण भाइले दाजुको हत्या गरेको पाइएको छ । मृतकका दुई वटी श्रीमती रहेको र दुवैको मृत्यु भएको थियो । एक छोरा काठमाडौँ र दुई छोराहरू विदेशमा रहेको, छोरी बुहारीहरू दाङमा बस्ने भएकोले उनी घरमा एक्लै बस्दै आएका थिए । त्यस गाउँमा पुराना काँग्रेस नेता मानिने बुढा क्षेत्रीय प्रतिनिधि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम