दिल्ली पुलिसको दाबी : आक्रमणको योजना बनाइरहेका पाकिस्तानी ‘आतंकवादी’ पक्राउ
दिल्ली पुलिसले पाकिस्तानका एक ‘आतंकवादी’ लाई पक्राउ गरिएको दाबी गरेको छ । मंगलबार प्रहरीले दिएको जानकारीअनुसार यी व्यक्तिले दिल्लीमा आक्रमण गर्ने योजना बनाइरहेका थिए । प्रहरीका अनुसार उनलाई दिल्लीको लक्ष्मीनगर इलाकाबाट गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार यी व्यक्ति पहिचान लुकाएर जाँदै थिए, र उनको साथबाट एके–४७ राइफल, ह्यान्ड ग्रिनेड र विस्फोटक पदार्थ पनि बरामद भएको छ । प्रहरीले ठूलो हमलालाई टार्न सफल भएको दाबी गरेको छ ।
यी व्यक्तिको नाम मोहम्मद असरफ अली रहेको प्रहरीले जनाएको छ । उनी पाकिस्तानको पञ्जाबका स्थायीवासी हुन् र पछिल्लो १० वर्षदेखि भारतमै छ । स्पेशल सेलका डिसिपि प्रमोद कुशवाहाले समाचार एजेन्सी एएनआईसँग भनेका छन्,‘पछिल्ला १० वर्षदेखि ऊ भारतको परिचय पत्र बोकेर यहाँ बसिरहेको थियो । ऊ स्लिपर सेलसँग जोडिएको छ र हिंसात्मक गतिविधिमा संलग्न छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान