थप ७९२ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

person explore access_timeअसोज २६, २०७८ chat_bubble_outline0

नेपालमा थप ७ सय ९२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६९१ तथा एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


नेपाल हाल १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ४५९ जना होम आइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३०६ जना सघन उपचार कक्ष तथा १०२ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९१० जना संक्रमणमुक्त बनेका छन् भने १४ जना ज्यान गुमाएका छन् । यही अवधिमा थप ६९ हजार ८२४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।