शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न आग्रह

मङ्गलबार, २६ असोज २०७८, १६ : २०
मङ्गलबार, २६ असोज २०७८

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेरेसले भनेका छन् "तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा - अफगान नागरिकहरू - महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित - उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्। त्यो पूरा हुनुपर्छ ।"

"म तालिबानलाई दृढतापूर्वक अपील गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्,"  गुटेरेसले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप