शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नीको गुनासोपछि श्रीमान्ले बनाए ३ सय ६० डिग्री घुम्ने घर

मङ्गलबार, २६ असोज २०७८, १६ : १७
मङ्गलबार, २६ असोज २०७८

पत्नीले एउटै दृश्यलाई फरक–फरक कोणबाट हेर्ने इच्छा गरेपछि एक श्रीमान्ले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक सहर नजिकैको एक मैदानमा छ । ‘हामीले पटक–पटक घर पुनर्निर्माण गरिसकेका थियौँ र श्रीमतीको गुनासोले पनि मलाई थकित बनाइसकेको थियो,’ ७२ वर्षीया कुसिकले भने,‘त्यसपछि मैले पत्नीलाई भनेँ । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई तिमीले इच्छाअनुसार घुमाउन सक्छौ ।’

अहिले सात मिटर क्षेत्रफलमा यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि जंगलसम्मले आफ्नो रूप बदलेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एकपटक फन्को मार्छ । तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’

नयाँ घरलाई लिएर कुसिककी पत्नीले कुनै टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफूले यो घर बनाएको कुसिकले बताएका छन् । ‘गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन पाइनँ । त्यसैले आफैँ केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप