मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना
मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
बस दुर्घटना बारेको पूर्ण विवरण आइनसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको श्रेष्ठले बताए । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले भने–‘बस सडकबाट झन्डै ३ मिटर तल खसेर दुर्घटना भएको छ, क्षतिको पूर्ण आधिकारिक विवरण आइसकेको छैन । घटना गम्भीर किसिमको छ । घाइतेहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिइरहेका छन् ।’
अहिले घाइतेहरुको उद्दार गरी मुगुको जिल्ला अस्पताल तथा सुर्खेतको अस्पतालमा ल्याउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार