दसैँ नमनाउने खोकनाको जात्रा, तस्बिरमा हेर्नुहाेस्

दसैँ नमनाउने ललितपुरको खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज रुद्रायणी देवीको नृत्य मञ्चन गरिदैछ । भगवान् शिव र माता पार्वतीले भनेको आज्ञा नमानेर छोरा कुमारले घरबाट हिँड्दा बाटामा पाएको दुःख, महाकाली र दैत्यबीच भएको लडाइँ, हनुमान्ले कुमारलाई आपत्मा परेका बेला बचाएको क्षण आदिको सम्झनामा दिनभर नृत्य मञ्चन हुनेछ ।
नृत्यअघि वडाले सरकारी पूजा लाने चलन रहेको छ । खोकना नाचमा विशेष गरेर गणेश, महालक्ष्मी, भैरव, शक्ति, रुद्रायणी, इन्द्रायणी, हनुमान्, कुमार, शिवपार्वती आदि देवीदेताका कथामा आधारित नृत्य गरिने बताइएको छ ।काठमाडौं उपत्यकाको प्रारम्भिक मानव बस्ती यहीँबाट शुरु भएको मानिन्छ । रातो मच्छिन्द्रनाथलाई आधा वर्ष राखिने यस स्थान राजा अंशुवर्माले विकसित गराएको खोकनावासीको भनाइ छ । खोकना तोरीको तेल र खुर्सानीका लागि मुलुकभर प्रख्यात छ । खोकना नेपालमा पहिलो पटक बिजुली बलेको ठाउँ पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण