फाेटाेफिचर

दसैँ नमनाउने खोकनाको जात्रा, तस्बिरमा हेर्नुहाेस्

person explore access_timeअसोज २६, २०७८ chat_bubble_outline0

दसैँ नमनाउने ललितपुरको खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज रुद्रायणी देवीको नृत्य मञ्चन गरिदैछ । भगवान् शिव र माता पार्वतीले भनेको आज्ञा नमानेर छोरा कुमारले घरबाट हिँड्दा बाटामा पाएको दुःख, महाकाली र दैत्यबीच भएको लडाइँ, हनुमान्ले कुमारलाई आपत्मा परेका बेला बचाएको क्षण आदिको सम्झनामा दिनभर नृत्य मञ्चन हुनेछ ।

नृत्यअघि वडाले सरकारी पूजा लाने चलन रहेको छ । खोकना नाचमा विशेष गरेर गणेश, महालक्ष्मी, भैरव, शक्ति, रुद्रायणी, इन्द्रायणी, हनुमान्, कुमार, शिवपार्वती आदि देवीदेताका कथामा आधारित नृत्य गरिने बताइएको छ ।काठमाडौं उपत्यकाको प्रारम्भिक मानव बस्ती यहीँबाट शुरु भएको मानिन्छ । रातो मच्छिन्द्रनाथलाई आधा वर्ष राखिने यस स्थान राजा अंशुवर्माले विकसित गराएको खोकनावासीको भनाइ छ । खोकना तोरीको तेल र खुर्सानीका लागि मुलुकभर प्रख्यात छ । खोकना नेपालमा पहिलो पटक बिजुली बलेको ठाउँ पनि हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।