विश्वकपमा छनोट हुने पहिलो टोली बन्यो जर्मनी
मङ्गलबार, २६ असोज २०७८, ०९ : ०९
सन् २०२२ को आयोजक कतारसँगै विश्वकपमा छनोट हुने जर्मनी पहिलो टोली बनेको छ । उत्तरी मेसेडोनियालाई हराउँदै जर्मनीले विश्वकपमा स्थान पक्का गरेको हो ।
सोमबार राति भएको खेलमा जर्मनीले ४–० को शानदार जीत हासिल गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा जर्मनीले गोल वर्षा गरेको थियो । जर्मनीको जीतमा टिमो वेर्नरले दुई तथा काई हाभर्टज र जमाल मुसिआलाले एक–एक गोल गरे ।
समूह जेमा रहेको जर्मनीले ८ खेलबाट २१ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको रोमानियाको १३ अंक रहेको छ । रोमानियाले सोमबार नै अर्मेनियालाई १–० गोलले हरायो । त्यस्तै, आइसल्याण्डले लिचटेन्सटाइनलाई ४–० ले हरायो । चारपटकको विश्व विजेता जर्मनी २० औँ पटक सर्वोच्च प्रतियोगितामा छनोट भएको हो । जर्मनीभन्दा ब्राजिल मात्र अघि २१ पटक विश्वकपमा छनोट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य