जब करिश्मालाई श्रीमानले उनको साथीसँग हनिमुनको रात बिताउन दबाब दिए ...
![जब करिश्मालाई श्रीमानले उनको साथीसँग हनिमुनको रात बिताउन दबाब दिए ...](https://rpcdn.ratopati.com/media/albums/karisma_dreY4pam7a.jpg)
बलिउडमा नब्बेको दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपूरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् । अनस्त्रिनमा प्रतिष्ठित अनुहारको रुपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्त्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग देखिने उनको दमदार जोडीको अझै पनि उत्तिकै याद गर्ने गर्छन् उनका दर्शक ।
तर, जति उनी फिल्मको पर्दामा प्रिय र सफल बन्न सफल भइन् उनको व्यक्तिगत जिन्दगी भने उत्तिकै दुखदायी र पीडादायी भएको खुलाउँदै आएकी छिन् । अभिनेत्री करिश्मा कपूरले आफ्नो वैवाहिक जीवनमा घटेका घटनाहरु बाहिर ल्याएकी थिइन् । सन् २००३ मा व्यवसायी सञ्जय कपूरसँग विवाह गरेपछि बलिउडबाट बिदा भएकी करिश्मा कपूरलाई कहिलेकाँही टेलिभिजन शोभन्दाबाहेक देख्न मुश्किल नै भयो । यति हुँदाहुँदै पनि उनको वैवाहिक जीवन पनि सफल हुन सकेन । दुईवटा सन्तान भइसकेपछि उनीहरुबीचको असमझदारीका कारण सम्बन्धविच्छेद भयो । आठ बर्ष लामो वैवाहिक जीवन समाप्त गरे ।
उनले सम्बन्धविच्छेद भएपछि श्रीमानले घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् । श्रीमानले बारम्बार दिने शारीरिक यातना सहन नसकेपछि सम्बन्धविच्छेद गरेको उनले जानकारी दिएकी थिइन् ।
यसैबिच भर्खरै एक कार्यक्रममा सहभागी भएकी करिश्मा कपूरले आफूले श्रीमानबाट भोगेका हिंसाका घटना बाहिर ल्याएकी छिन् । उनले भनिन् , ‘सञ्जय मेरो देवरसँग एक वर्षभरी मैले गरेको खर्चको हिसाबकितावको कुरा गर्थे । त्यतिमात्र होइन, उनले उनको आमालाई पनि मलाई झापड हान्न लगाए । मैले उनकी आमाले दिएको सारी नलगाएपछि उनकी आमाले पनि ममाथि हातपात गरिन् । उनले मसँगा म एक सफल अभिनेत्री भएकोले मात्रै विवाह गरेका थिए । जसका कारण अरु मानिसले पनि उनलाई चिनुन् । उनले मलाई देखाउने ललिपप बनाए । मलाई देखाएर उनी अरुलाई लोभ्याउँन चाहान्थे ।’
उनले विगत सम्झदै थपिन्, ‘त्यतिमात्र होइन, हनिमुनको दिन उनको साथीसँग रात बिताउन दबाब दिएका थिए । तर मैले मानिन । म मेरो शरीर र अनुहारको निलडाम मेकअपले छोपेर हिँड्ने गर्थे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म