शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवा व्यस्त हुँदा ओझेलमा काँग्रेस महाधिवेशन

मङ्गलबार, २६ असोज २०७८, ०७ : ४०
मङ्गलबार, २६ असोज २०७८

नेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको खबर राजधानी दैनिकमा छापिएको छ । 
देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार्टीका काममा भन्दा सरकार र गठबन्धनका काममा अल्झँदै आएको समाचारमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप