कोरिया जानेलाई थप डलर
मङ्गलबार, २६ असोज २०७८, ०७ : २१
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत दुई सय अमेरिकी डलर मात्र उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले कोभिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको खबर गोरखापत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी