मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : मोरङमा बैंक लुटपाटको प्रयास गर्ने तीनजना पक्राउ

सोमबार, २५ असोज २०७८, २१ : ३७
सोमबार, २५ असोज २०७८

मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा  लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप