मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही झडपका घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

सोमबार, २५ असोज २०७८, २० : ४२
सोमबार, २५ असोज २०७८

रूपन्देहीको मोतिपुरमा आइतबार  भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकासँगको दोहोरो झडपमा परी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए ।

त्यसमध्ये झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारु र दङ्गा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप