शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको टोखाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ

सोमबार, २५ असोज २०७८, २० : १०
सोमबार, २५ असोज २०७८

काठमाडौंको टोखाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ परेका छन् ।  टोखा नगरपालिका–११ ग्रीनल्याण्ड ओमप्लाजामा रहेको  टेकनाथ न्यौपानेको  चार तले घरको तेस्रो तलामा डेरा गरी बस्ने यादव कार्कीसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्य दुई जनामा दल बहादुर विक र नयन बिक रहेका छन् । 

कार्कीको कोठामा केही मानिसहरुले लागुऔषध खैरो हिरोईइनको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत महाराजगंजबाट खटिएको टोलीले लागुऔषध हिरोइन ८४ ग्राम र नगदसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप